शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम « Khabarhub

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण दिएको छ। एजेन्सीका अनुसार आयातुल्ला अली खामेनेई शनिबार बिहान सबेरै आफ्नो कार्यालयमा मारिएका जनाएको छ

‘तोकिएको जिम्मेवारी निर्वाह गरिरहेकै बेला’ उनी मारिएका खुलेको छ । समाचारअनुसार इजरायली सेनाले खामेनेईको घरमा ३० बम खसालेको खुलेको छ।

द बाल स्ट्रीट जर्नलका अनुसार, इजरायल र अमेरिकाका गुप्तचर एजेन्सीहरू लामो समयदेखि यस्तो अवसरको खोजीमा थिए, जब इरानका ठूला नेताहरू एउटै बैठकमा उपस्थित हुनेछन्।

शनिबार बिहान यस्तो अवसर प्राप्त भएको हो । इजरायली स्रोतका अनुसार तीन महत्वपूर्ण बैठकको जानकारी भेटिएको थियो, जसमा एउटा बैठकमा खामेनेई पनि सहभागी थिए।

रिपोर्टअनुसार अवसरलाई महत्वपूर्ण ठानी त्यही दिन हमला गरिएको थियो। इजरायली लडाकु विमानले खामेनेईको घरमा करिब ३० बम खसाले, जसले भवन पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

सीबीएस न्यूजका अनुसार यस हमलामा करिब ४० इरानी अधिकारी मारिएका छन्। मारिनेमा खामेनेई निकट सल्लाहकार अली शमखानी, रिभोल्युसनरी गार्डका कमाण्डर मोहम्मद पाकपुर र रक्षा मन्त्री अजीज नसीरजादेह पनि रहेको बताइएको छ।

अमेरिका–इजरायलका हमलामा करिब ४० वरिष्ठ इरानी अधिकारी मारिएको दाबी गरिएको छ। इजरायली मिडिया वाईनेट र सीबीएस न्यूजका गुप्तचर र सैन्य स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। नेटवर्कका अनुसार ती सबै अधिकारी एउटै स्थानमा थिए वा फरक–फरक स्थानमा स्पष्ट भएको छैन।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ०९ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव