‘इन्दिरा गान्धी लुक्स’मा कंगना « Khabarhub

‘इन्दिरा गान्धी लुक्स’मा कंगना


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी भारतकै सबैभन्दा बलियो प्रधानमन्त्रीमा गनिन्छिन् । भारतमा कमै मात्र राजनेता छन्, जसले इन्दिरा जस्तो राजनीतिक इच्छाशक्ति र लोकप्रियता पाएका छन् ।

अब राजनीतिका यी ठूला अनुहार फिल्मी पर्दामा देखिँदैछन् । जसको भूमिकामा कंगना रनावतले अभिनय गर्दैछिन् । शुक्रबार मात्र यो राजनीतिक ड्रामाको घोषणा गरियो ।

फिल्मको नाम हालसम्म तय गरिएको छैन । कंगनाका अनुसार फिल्मको तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । उनले यो इन्दिराको पूर्ण बायोपिक नहुने बताइन् । ‘यो एक पिरियड फिल्म हो । जसका माध्यमबाट देशको सामाजिक र राजनीतिक परिदृश्यलाई प्रस्तुत गरिनेछ । फिल्ममा भारतका लोकप्रिय कलाकारको उपस्थिति हुनेछ ।

कंगनाले फिल्म एक पुस्तकमा आधारित हुने बताइन् । तर उनले पुस्तकबारे केही खुलासा गरेकी छैनन् । यो फिल्ममा इन्दिरा गान्धीको कार्यकालका दुई ठूला निर्णय संकटकाल र अपरेसन ब्लुस्टारलाई चित्रण गरिनेछ ।

कंगनाले फिल्मको बारे जानकारी दिँदै ट्वीटरमा इन्दिरा गान्धीको तस्बिर शेयर गरिन् । फिल्मको निर्देशन कंगनाका साथ ‘रिभल्भर रानी’ निर्देशक साई कबीरले गर्दैछन् । फिल्ममा साई कबिरकै कथा तथा पटकथा हुनेछ । यो एक पिरियड फिल्म हुनेछ, जसमा सञ्जय गान्धी, राजीव गान्धी, मोरारजी देसाई र लालबहादुर शास्त्री चरित्र पनि प्रस्तुत हुनेछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ५९ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग