थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग « Khabarhub

थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एडिसन फोनोग्राम बनाउने काममा व्यस्त थिए । यसैबीच एउटा बिग्रिएको मेसिनबाट आइरहेको स्वरले उनलाई निकै डिस्टर्व भइरहेको थियो । उनले त्यो मेसिन ठीक पार्ने जिम्मा आफ्ना सहायकलाई दिए ।

दुई वर्षसम्म त्यस मेसिनमा काम गरिसकेपछि सहायक एडिसनसामु आएर भने— मिस्ट एडिसन, मैले तपाईंको हजारौँ डलर र आफ्नो जीवनको दुई वर्ष यही काममा गुमाएँ तर परिणाम शून्य रह्यो । मबाट काम हुन सकेन । त्यसैले म राजीनामा दिन चाहन्छु ।

सहायकले आफ्नो राजीनामा पत्र टेबुलमा राखिदिए र भने— कृपया मेरो राजीनामा स्वीकृत गरियोस् ।

एडिसनले केही नसोची त्यो पत्र उठाएर च्यातिदिए र भने— म तिम्रो राजीनामा अस्वीकार गर्छु ।

उनले सहायकलाई सम्झाए— जर्ज, मलाई विश्वास छ, हरेक ईश्वरले दिएका समस्याको समाधान पनि उसैसँग छ । हामीले त्यसको समाधान गर्न नसके पनि कुनै न कुनै दिन कसै न कसैबाट समाधान हुनेछ । त्यसैले जाऊ र पुनः कोसिस गर ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : २५ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले