थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै « Khabarhub

थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थ्री नेसन्स कपको उपाधि भिडन्त आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुने फाइनल खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए  ।

बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने भए पनि उपाधि आफ्नै टोलीले जित्ने बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ३० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक