पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ « Khabarhub

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहाको शरीर खानतलासी गर्दा फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान बरामद गरी गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–१ चिलाङ्दीबाट तानसेन जाँदै गरेको लु२त ८६१६ नंको ट्र्याक्टर जाँचका क्रममा बिनाकागज प्रमाण ३५ दशमलव १० क्युफिट सालको काठ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

काठसँगै चालकसहित चार जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीसमेत रहेका त्वातीले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ४५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः