कतारमा कोरोना संक्रमण बढ्यो, नियम उल्लंघन गर्ने ५६६ जना कारबाहीमा « Khabarhub

कतारमा कोरोना संक्रमण बढ्यो, नियम उल्लंघन गर्ने ५६६ जना कारबाहीमा



दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।

शनिबार ६१४  जनालाई कोरोना संक्रमण पुष्टी भएकोमा आइतबार ६३९ जनामा संक्रमण भएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ७७ हजार ७७४  जना पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार

आइतबार मात्रै ३५५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ६२ हजार ९१० पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १४ हजार ५८० वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये २७९ जनाको आईसीयूमा उपचार भैरहेको छ । हालसम्म कतारमा २८४ जनाले मात्रै ज्यान गुमाएका छन् ।

ती मध्ये १८ जना नेपालीको कोरोनाले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन । यो समाचार तयार पार्दासम्म ७ लाख ४० हजार ३०९ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ ।

शुक्रबारदेखि नै कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य आप्रवासी कामदारहरुलाई सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने ३३बुँदे निर्देशनहरु जारी गरेको छ ।

सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाईने, सामाजिक भेटघाट नगर्ने र घर भित्र वा बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाईने नियम जारी गरेको यहाँको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले जनाएको छ ।

यहाँका सबै सार्वजनिक पार्क, सार्वजनिक स्थलहरु, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका २ जना भन्दा बढी जान नपाइने जनाएको छ ।

व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको र १२ वर्ष भन्दा कम उमेरका बालबच्चाहरुलाई त्यस्ता स्थलमा जान बन्देज लगाइएको छ ।

सवारी साधनमा वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्कँदा सवारी मास्क अनिवार्य लगाउनु पर्ने तर सवारी साधानमा एक जना मात्र भए मास्क नलगाए पनि हुने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाइने, घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा मोबाइलमा अनिवार्य एहतेराज एप्लिकेसन हुनु पर्नेछ ।

५६६ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ५६६ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ५०७ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ८ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा र बाँकी ५१ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारीविरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : ४५ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको