उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरू « Khabarhub

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरू


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु भएको छ ।

राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने  उद्देश्यले शिवपुरीस्थित कलेजमा आयोजित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहलगायतबाट २७ जना शिक्षार्थीको सहभागिता छ ।

छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न चाहिने बताए ।

उनले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर  रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गरे ।

आफूले पनि सन् २०१६ मा शुरु भएको तालीममा सहभागी भई राष्ट्रिय सुरक्षाका विभिन्न आयामबारे  बुझ्ने मौका पाएको जनाउँदै उहाँले निकट भविष्यमा स्थापना हुने प्रतिरक्षा विश्वविद्यालयले राष्ट्रिय शक्ति अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले खुला छलफल र अन्तक्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने बताए ।

तालीममा विदेशमामिला विज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाशप्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ०१ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले