स्याङ्जामा बस दुर्घटना हुँदा आठ घाइते « Khabarhub

स्याङ्जामा बस दुर्घटना हुँदा आठ घाइते


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।

वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ : ०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा पछाडि गुड्दा सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका– १३ बस्ने २३ वर्षीया सावित्रा गैहे, भिरकोट–१ बस्ने ३४ वर्षीया सातुमा खातुन, उनी १० वर्षीया छोरी अफ्रिया खातुन, भीरकोट–१ कै ३१ वर्षीय मजबुन मियाँ, उनका तीन वर्षीय छोरा महम्मद मियाँ, १० वर्षीया छोरी महबुदा खातुन, भिरकोट–१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम घाइते भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : १६ बजे

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज