झापामा जङ्गली हात्तीको आतङ्क, एक सातादेखि मकैबारीमा बास « Khabarhub

झापामा जङ्गली हात्तीको आतङ्क, एक सातादेखि मकैबारीमा बास


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् ।

मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए । उनले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जङ्गलतिर लखेट्न खोजिरहेको जानकारी दिए ।

साइरनसहितको गाडी लिएर गए पनि हात्ती रहेको स्थानसम्म पुग्ने बाटो नभएको हुँदा थप किसानको मकै नष्ट गरिरहेको बताए । “पट्टेर मकैघारी छ, ज्यान जोखिममा राखेर हात्ती रहेको स्थानसम्म पुग्न सकिदैन”, उनले भने, “बस्तीमा पसेर जनको क्षति नहोस् भनेर पहल गरिरहेका छौं ।” प्रायः दैनिक वनका कर्मचारी हात्ती रहेको स्थानसम्म पुग्ने र फर्किने काम भइरहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहले हालसम्म सुत्ला च्यापिसकेको अनुमानित ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताए । थप क्षति हुने काम भइरहेको छ । सो क्षेत्रमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा किसानले मकैखेती गरेको उनले बताए ।

उनले हालसम्म कति किसानले लगाएको मकै नष्ट भयो भनेर विवरण सङ्कलन गर्न नसकिएको बताए । एक हप्तादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षतिको विवरण यकिन गर्न नसकिएको उनको भनाइ छ । उनले डिभिजन वन कार्यालय, प्रहरी र गाउँपालिका स्वयम् हात्ती खेद्न लागि परे पनि नसकिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : १३ बजे

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा