झापामा जङ्गली हात्तीको आतङ्क, एक सातादेखि मकैबारीमा बास | Khabarhub Khabarhub

झापामा जङ्गली हात्तीको आतङ्क, एक सातादेखि मकैबारीमा बास


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् ।

मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए । उनले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जङ्गलतिर लखेट्न खोजिरहेको जानकारी दिए ।

साइरनसहितको गाडी लिएर गए पनि हात्ती रहेको स्थानसम्म पुग्ने बाटो नभएको हुँदा थप किसानको मकै नष्ट गरिरहेको बताए । “पट्टेर मकैघारी छ, ज्यान जोखिममा राखेर हात्ती रहेको स्थानसम्म पुग्न सकिदैन”, उनले भने, “बस्तीमा पसेर जनको क्षति नहोस् भनेर पहल गरिरहेका छौं ।” प्रायः दैनिक वनका कर्मचारी हात्ती रहेको स्थानसम्म पुग्ने र फर्किने काम भइरहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहले हालसम्म सुत्ला च्यापिसकेको अनुमानित ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताए । थप क्षति हुने काम भइरहेको छ । सो क्षेत्रमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा किसानले मकैखेती गरेको उनले बताए ।

उनले हालसम्म कति किसानले लगाएको मकै नष्ट भयो भनेर विवरण सङ्कलन गर्न नसकिएको बताए । एक हप्तादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षतिको विवरण यकिन गर्न नसकिएको उनको भनाइ छ । उनले डिभिजन वन कार्यालय, प्रहरी र गाउँपालिका स्वयम् हात्ती खेद्न लागि परे पनि नसकिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : १३ बजे

बागमती प्रदेशसभामा आज बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान

पर्यटक लोभ्याउने अन्तु डाँडा (तस्बिरहरू)

इलाम– इलामको पूर्वी क्षेत्रमा अवस्थित इलामको श्री अन्तु सूर्योदय र

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

रसायनयुक्त आँप खाएर बिरामी त पर्नुभएको छैन ?

हरियो तरकारी तथा फलफूल खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। त्यसमा