तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली | Khabarhub Khabarhub

तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ ।

सोमबार रुपन्देही, नवपरासी, कपिलवस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर होली पर्व मनाउन आग्रह गरेको थियो ।

तरपनि होली मनाउनेहरुमा कोरोनाको त्रास देखिएन । गत वर्षहरुमा जस्तो भने होलीको रौनकता यसपाली देखिएको थिएन । आफन्त, छिमेकी र साथीभाई माझ होली खेलेका थिए ।

होलीमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने,जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गर्ने र त्यस्ता उच्छृङ्खल गतिविधि रोक्न चोक चोकमा प्रहरी परिचालन गरिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : १८ बजे

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ