सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी « Khabarhub

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार २२६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत रु दुई करोड ५८ लाख ४६ हजार १५५ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई रु १८ लाख ५० हजार ६२९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई रु ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट ११७ लाभग्राहीलाई रु एक करोड ६२ लाख ५५ हजार ७८१ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही चैत ११ गतेसम्म कोषमा रु चार अर्ब ८० करोड योगदान सङ्कलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्याइने छ ।

कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।

एक लाख ९४ हजार श्रमिक सूचीकृत

कोषमा हालसम्म एक लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख ४५ हजार ४५२, प्रदेश नं १ बाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार ७९५, गण्डकीबाट सात हजार १५४, लुम्बिनीबाट छ हजार ८३९, सुदूरपश्चिमबाट ७७५ र कर्णालीबाट ४७० योगदानकर्ता सूचीकृत भएका छन् ।

कोषमा आवद्ध हुने रोजगारदाताको सङ्ख्या १३ हजार ६१६ पुगेको छ । यसअन्तर्गत वाग्मती प्रदेशका नौ हजार १००, प्रदेश नं १ का एक हजार ८६०, लुम्बिनीका एक हजार १८०, प्रदेश नं २ का ५५०, गण्डकीका ६१७, कर्णालीका १४३ र सुदूरपश्चिमका १६६ छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ३० बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित