माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि « Khabarhub

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार–पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए ।

अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा पनि वृद्धि भएको छ ।

फक्तालुङ गाउँपालिकाको लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाको पापुङ, नाल्बु, साँवा साथै सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन र सिदिङ्वा गाउँपालिकाको कालीखोला र शुरुम्खिम जस्ता उच्च भेगमा चिराइतोको व्यावसायिक खेती गर्ने गरिएको छ । यी सबै क्षेत्रको चिराइतोको मुख्य बजार भनेको तिब्बत नै हो । ओलाङचुङ्गोला नाका हुँदै चिराइतो तिब्बती बजारमा बिक्री हुने गरेको छ ।

विश्वव्यापी महामारी कोरोनाका कारण सो नाका बन्द भएकाले न्यून मूल्यमा पनि चिराइतोको किनबेच हुन सकेको थिएन । भारत हुँदै तेस्रो बजारमा प्रवेश गर्ने भएकाले विगत पाँच वर्षदेखि प्रतिमन रु सात हजारदेखि आठ हजारसम्ममा किसानको घरबाट व्यापारीले खरीद गर्ने गरेका थिए । अहिले प्रतिमन रु १२ हजारदेखि १५ हजारसम्म व्यापारीले घरबाट नै खरीद गर्न थालेका छन् ।

फुङ्लिङका व्यापारी तेञ्जिङ शेर्पाले पनि फक्ताङलुङ गाउँपालिका क्षेत्रबाट मात्रै अहिले १०० मनभन्दा बढी चिराइतो सङ्कलन गरेका छन् । उनले पनि भारतीय बजारबाट माग आएकाले आफूले सङ्कलन गरेको बताए । उनले १० हजारदेखि १५ हजारसम्म मूल्यमा चिराइतो खरीद गरेका छन् । उनका अनुसार यसपटक पछिल्लो पाँच वर्षपछि चिराइतोको मूल्य सबैभन्दा बढी आएको हो ।

चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन् । ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी ताप्लेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आवमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङखुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङ्गोला नाका हुँर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङ्दाक शेर्पाले बताए । कोरोनाका कारणले ओलाङ्चुङ्गोलातर्फको टिपताला नाका १६ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर भारततिर निर्यात हुन थालेको शेर्पाले बताए । – रासस

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ०१ बजे

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक