माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि | Khabarhub Khabarhub

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार–पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए ।

अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा पनि वृद्धि भएको छ ।

फक्तालुङ गाउँपालिकाको लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाको पापुङ, नाल्बु, साँवा साथै सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन र सिदिङ्वा गाउँपालिकाको कालीखोला र शुरुम्खिम जस्ता उच्च भेगमा चिराइतोको व्यावसायिक खेती गर्ने गरिएको छ । यी सबै क्षेत्रको चिराइतोको मुख्य बजार भनेको तिब्बत नै हो । ओलाङचुङ्गोला नाका हुँदै चिराइतो तिब्बती बजारमा बिक्री हुने गरेको छ ।

विश्वव्यापी महामारी कोरोनाका कारण सो नाका बन्द भएकाले न्यून मूल्यमा पनि चिराइतोको किनबेच हुन सकेको थिएन । भारत हुँदै तेस्रो बजारमा प्रवेश गर्ने भएकाले विगत पाँच वर्षदेखि प्रतिमन रु सात हजारदेखि आठ हजारसम्ममा किसानको घरबाट व्यापारीले खरीद गर्ने गरेका थिए । अहिले प्रतिमन रु १२ हजारदेखि १५ हजारसम्म व्यापारीले घरबाट नै खरीद गर्न थालेका छन् ।

फुङ्लिङका व्यापारी तेञ्जिङ शेर्पाले पनि फक्ताङलुङ गाउँपालिका क्षेत्रबाट मात्रै अहिले १०० मनभन्दा बढी चिराइतो सङ्कलन गरेका छन् । उनले पनि भारतीय बजारबाट माग आएकाले आफूले सङ्कलन गरेको बताए । उनले १० हजारदेखि १५ हजारसम्म मूल्यमा चिराइतो खरीद गरेका छन् । उनका अनुसार यसपटक पछिल्लो पाँच वर्षपछि चिराइतोको मूल्य सबैभन्दा बढी आएको हो ।

चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन् । ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी ताप्लेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आवमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङखुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङ्गोला नाका हुँर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङ्दाक शेर्पाले बताए । कोरोनाका कारणले ओलाङ्चुङ्गोलातर्फको टिपताला नाका १६ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर भारततिर निर्यात हुन थालेको शेर्पाले बताए । – रासस

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ०१ बजे

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो

जयपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक

जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

काठमाडौं– गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स– ग्रिस टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प

भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश

इस्लामावाद- भारत र पाकिस्तानबीच तनाव जारी छ। पछिल्लो पटक पाकिस्तानले