कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य हुसैनको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य हुसैनको मृत्यु


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सा जिल्लाका नेपाली कांग्रेस महासमिति सदस्यको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको कौवाबनकटैया निवासी साबिर हुसैनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । फागुन २२ गते वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा हुसैनको रिपोर्ट पोजेटिभ आएको थियो ।

हप्ता दिनसम्म वीरगञ्जको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचार गरेपनि कुनै सुधार नभएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो ।

थप उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा सोमबार दिउँसो ३ बजेतिर हुसैनको निधन भएको नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : २९ बजे

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९०

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा