आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल « Khabarhub

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ को बजेटमा ल्याउने नीति तथा कार्यक्रम सम्बन्धमा उच्चस्तरीय छलफल शुरु गरेको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्षमा मन्त्रालय तथा मातहतका विभाग र निकायले गर्ने कार्यक्रमका बारेमा छलफल शुरु भएको बताइएको छ । सो अवसरमा मन्त्री आलेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रम जनमुखी तथा नागरिकलाई प्रत्यक्ष लाभ फाइदा पुग्ने किसिमबाट पेश गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए। उनले भने, “गरिब, विपन्न तथा आम नेपाली नागरिकलाई प्रत्यक्ष फाइदा र दिगो विकासमा सहयोग पुग्ने खालका नीति तथा कार्यक्रम पेश गर्नुहोला ।”

मन्त्री आलेले वन क्षेत्रको दिगो व्यवस्थापन, पर्यापर्यटन, वन्यजन्तुको बासस्थान सुधार, वन्यजन्तुको चोरी शिकार नियन्त्रण तथा मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण सम्बन्धी विशेष योजना ल्याउन निर्देशन दिदैं विशेष गरी वन क्षेत्र जोगाउने तथा हरियाली बनाउने खालका कार्यक्रम समावेश गरिए नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने र नेपालको वन क्षेत्र पनि जोगिनेमा जोड दिए ।

बैठकमा वातावरण विभाग, वन विभाग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलगायतले आआफ्ना क्षेत्रमा समावेश गरिने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : २४ बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश