एक प्रेरक प्रसङ्ग ‘अन्तिम शिक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘अन्तिम शिक्षा’


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मगधका राजकुमारले एक ऋषिको आश्रममा शिक्षा प्राप्त गरिरहेका थिए । गुरु र शिष्य एक दिन भिक्षा मागिरहेका थिए । त्यति नै बेला गुरुको लठ्ठी भुइँमा झर्‍यो । राजकुमार लठ्ठी उठाउन झुके । गुरुले उनको पिठ्युँमा एक लात हाने । पिट्नुको कारण सोध्दा गुरुले कुरा अन्तैतिर मोडे । तर यो कुरा राजकुमारको मनमा काँडाले घोचेजस्तै भइरह्यो ।

केही वर्षपछि राजकुमार राजा बने । उनले गुरुलाई बेलाएर बिना कारण पिट्नुको कारण सोधे ।

गुरुले भने— हे राजन ! तिमीलाई मैले बिना कारण सजाए दिएँ । जसको यादले तिमीलाई अहिले पनि सताइरहेको छ । गल्ती गर्नेले आफ्नो सजाय बिर्सिदिन्छ । तर निर्दोषले आफ्नो सजाय कहिल्यै बिर्सिंदैन । अतः कहिले पनि कुनै निर्दोषलाई सजाय नदिनू । यही मेरो अन्तिम शिक्षा हो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : २८ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष