एक प्रेरक प्रसङ्ग ‘अन्तिम शिक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘अन्तिम शिक्षा’


१६ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मगधका राजकुमारले एक ऋषिको आश्रममा शिक्षा प्राप्त गरिरहेका थिए । गुरु र शिष्य एक दिन भिक्षा मागिरहेका थिए । त्यति नै बेला गुरुको लठ्ठी भुइँमा झर्‍यो । राजकुमार लठ्ठी उठाउन झुके । गुरुले उनको पिठ्युँमा एक लात हाने । पिट्नुको कारण सोध्दा गुरुले कुरा अन्तैतिर मोडे । तर यो कुरा राजकुमारको मनमा काँडाले घोचेजस्तै भइरह्यो ।

केही वर्षपछि राजकुमार राजा बने । उनले गुरुलाई बेलाएर बिना कारण पिट्नुको कारण सोधे ।

गुरुले भने— हे राजन ! तिमीलाई मैले बिना कारण सजाए दिएँ । जसको यादले तिमीलाई अहिले पनि सताइरहेको छ । गल्ती गर्नेले आफ्नो सजाय बिर्सिदिन्छ । तर निर्दोषले आफ्नो सजाय कहिल्यै बिर्सिंदैन । अतः कहिले पनि कुनै निर्दोषलाई सजाय नदिनू । यही मेरो अन्तिम शिक्षा हो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : २८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का