अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पका वकिलको घरमा एफबीआईको छापा « Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पका वकिलको घरमा एफबीआईको छापा


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी जुलियानीको घरमा सङ्घीय जाँच ब्यूरो एफबीआईले छापा मारेको छ ।

न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घरमा एफबीआईले छापा मारेको हो ।

बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा पनि छापा मारेर विद्युतीय उपकरणसहितका सामग्री जफत गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएको आरोपित गतिविधिमा जुलियानीको संलग्नता छानबिन थालेको बीबीसीले जनाएको छ ।

ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई पहिलो पटक महाभियोग लगाइएको थियो।

यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका जो बाइडेनका छोरा र बाइडेनलाई अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको आरोप लगाइएको छ ।

ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले पनि जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन मुख्य भूमिका खेलेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : १० बजे

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा