‘एउटै तस्वीर’मा फरक उमेरको प्रेम « Khabarhub

‘एउटै तस्वीर’मा फरक उमेरको प्रेम


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘एउटै तस्वीर’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा दीपेन्द्र के थापाको शब्द र हरी लम्सालको संगीत छ । गीतको अडियो र भिडियो मानसराज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा सञ्चारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भीम विष्ट र मोडल पुनम गौतम फिचर्ड छन् । भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषहरुलाई देखाइएको छ ।

सञ्चारकर्मी डिसी हाल कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । यस भिडियोका अभिनेता मानसको ‘भाइरल भैदियो’ बोलको गीत चर्चित बनेको थियो भने अर्को गीत ‘हिरो– भाईरल भैदियो २’ लाई पनि लाखौंले हेरेका छन् । गायक भीमका गीतहरु ‘मिनरल वाटर’ तथा ‘चम्चा पिलेट’ चर्चित छन् ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् । भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा कलर ग्रेडिंग शिलन लम्सालको रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ०१ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको