निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको काठमाडौँ जिल्ला प्रशासनको भनाइ « Khabarhub

निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको काठमाडौँ जिल्ला प्रशासनको भनाइ


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ ।

निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिए पनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुर्‍याइएको बताए ।

उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भए पनि कोही यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिए ।

त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी