काठमाडौँ उपत्यकामा यी एम्बुलेन्सले बिरामीलाई निःशुल्क सेवा दिने (सम्पर्क नम्बरसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा यी एम्बुलेन्सले बिरामीलाई निःशुल्क सेवा दिने (सम्पर्क नम्बरसहित)


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपचार गर्न अस्पताल जानुपर्ने कोभिड संक्रमण नभएका बिरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघबीच सम्झौता भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोबर्द्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक यातायात प्रयोग गर्न नसकिने भएकोले विरामी र उनका परिवारलाई पर्ने असहज परिस्थितिलाई सजिलो बनाउन यस प्रकारको सम्झौता गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

‘महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले कोविड संक्रमण भएका विरामीलाई निःशुल्क रुपमा अस्पताल पु¥याउनेछन् भने संक्रमण नभएका विरामीलाई आज सम्झौता गरिएका एम्बुलेन्सले अस्पताल लैजाने छन् ।’ प्रमुख शाक्यले भने,, ‘महानगरबासीलाई पर्न सक्ने स्वास्थ्य समस्याको पूर्वअनुमान गरेर हामीले सेवा थालनी गरेका हौँ ।’

यो सेवा लिनु पर्नेेले महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्छ । यसै गरी चालकसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ ।

सेवामा हृदयाघात, क्यान्सर, मृगौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानु पर्ने बिरामीलाई पहिलो प्राथमिकता दिइनेछ ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।

सेवावापतको महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसवापत् संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकोले विरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन ।

यो सुविधा महानगरबाट २ किलोमिटरभन्दा टाढासम्मका लागि हो । तर, डाइलोसिस र क्यान्सर उपचारका लागि भने २ किलोमिटरको दुरीभन्दा बाहिर पनि जानु पर्नेछ ।

यसरी गरिएको सेवाको अद्यावधिक विवरण संघले महानगरलाई उपलब्ध गराउने पर्नेछ ।

महानगरले गएको बर्ष पनि यसै प्रकारको सेवा उपलब्ध गराएको थियो । पहिलो चरणमा ५ वटा र दोस्रो चरणमा २ वटा थप गरेर ७ वटा एम्बुलेन्सबाट ६० दिन सेवा दिँदा ४ हजार ४ सय ५१ जना विरामीलाई सेवा दिइएको संघका अध्यक्ष सापकोटाको भनाइ छ ।

एम्बुलेन्सको नं. र चालकको सम्पर्क नं.

महानगरका सबै क्षेत्रलाई समेट्ने अभिप्रायले राष्ट्रिय सभा गृह, मीन भवनस्थित ट्रलीबस स्टेशन, वडा ७ कार्यालय परिसर, भुइँखेलस्थित वडा १५ कार्यालय परिसर र वडा ३ कार्यालय परिसर महाराजगञ्जमा राखिनेछन् ।

सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार २४ सै घण्टा तैनाथ रहने यी एम्बुलेन्सले कुनै प्रकारको प्राविधिक त्रुटी वा समस्या देखाउन र मोलमोलाइ गर्न पाउनेछैनन् ।

कहाँ कुन एम्बुलेन्स

चावहिल, वडा ७ परिसर
वा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१ ०५४७६८, उद्धव भण्डारी ९८४१ १४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक शंकर दाहाल ९८०८२ ७९८१९ डम्बर गुभाजू ९८८१ ३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक श्याम श्रेष्ठ ९८१३ २४६०८६, कृष्ण गुरुङ ९८०८२ ९२५५०

ट्रली बस मीनभवन
ब १८ च ५६५७ र ना २ च ४१२०
चालक सोमबहादुर तामाङ् ९८४० ९१६२६२ सविन थापा ९८४० २४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक गोर्वधन सापकोटा ९८५१० ८२४२५, तुल सिंह तामाङ ९८१८ ४३९५९५

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ५६ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ