लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद निलम्बित « Khabarhub

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद निलम्बित


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएका छन् ।

जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निलम्बनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् ।

ती निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुमध्ये एकजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् ।

पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यस्तो छ सूचना

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : ०० बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान