काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’ | Khabarhub Khabarhub

काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो ।

निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र त्यसमध्ये नयाँ तीन लाख ८९ हजार ४५१ तथा नवीकरण तीन लाख ६३ हजार ८९३ रहेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार नै वैशाख १५ गते राति १२ बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द भएको छ ।

कतिपय जिल्ला कार्यसमितिले राति १२ बजेसम्म पनि क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गरिरहेको र समयावधि थपका लागि आग्रह गरे पनि ‘सिस्टम’ स्वतः बन्द भएको उनले बताए । क्रियाशील सदस्यता ‘इन्ट्री’ गर्दागर्दै बाँकी रहेका जिल्ला कार्यसमितिका हकमा केन्द्रबाटै केही गर्न सकिने सचिव रिजालले बताए ।

यसबाहेक पार्टीका बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्ला कार्यसमितिका क्रियाशील सदस्यताको विवरण भने ‘इन्ट्री’ हुन बाँकी छ । बारा र सिन्धुपाल्चोकमा नेपालको संविधानअनुसार पार्टीको संरचना समायोजन प्रक्रिया नै विवाद रहेको तथा सप्तरीमा भने क्रियाशील सदस्यताको प्रक्रिया ढिला शुरु भएको थियो । यी सबै जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा ‘इन्ट्री’ गरिसक्नुपर्ने केन्द्रीय समितिको निर्णय छ ।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन वैशाख १७ गते भित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइ सक्नुपर्ने तालिका निर्धारण गरेको छ ।

काँग्रेसले विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने यसमा समावेश गरेको छैन । जनसम्पर्क समितिका क्रियाशील सदस्यताको विवरण पार्टीको वेबसाइटमा ‘इन्ट्री’ नगरी छुट्टै तरिकाले केन्द्रीय कार्यालयमा प्राप्त हुने सचिव रिजालले जानकारी दिए । पार्टीको १३औँ महाधिवेशनमा १८ जनसम्पर्क समितिले भाग लिएको र ती जनसम्पर्क समितिमा करिब २५ हजार क्रियाशील सदस्यता रहेका थिए । हाल काँग्रेसका जनसम्पर्क समितिको सङ्ख्या विस्तार भई ३६ पुगेको छ ।

काँग्रेसले १३औँ महाधिवेशनमा चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म सो सङ्ख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको थियो ।

काँग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ–नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ–नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ८ : ०१ बजे

परारष्ट्रमन्त्री डा. राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर