मासिमिलानो एलेग्री बने युभेन्ट्सको मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

मासिमिलानो एलेग्री बने युभेन्ट्सको मुख्य प्रशिक्षक


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मासिमिलानो एलेग्री इटालियन क्लब युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका छन् ।

आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको जनाएको छ । इटालियन प्रशिक्षक एलेग्री दोस्रो पटक युभेन्ट्सको प्रशिक्षक बनेका हुन् ।

५३ वर्षीय प्रशिक्षक एलेग्रीले यस अघि २०१४ देखि १९ सम्म टिम हेरेका थिए । युभेन्ट्सले ४२ वर्षीय पिर्लोलाई शुक्रबार नै बर्खास्त गरेको थियो ।

मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो । तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ५५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष