‘यास’ चक्रवातको असर कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना « Khabarhub

‘यास’ चक्रवातको असर कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ । तथापि त्यसबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले  अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरो गएको छ ।

निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको घर जोखिममा परेको छ ।

तीन दिनदेखि वर्षा भइरहेकाले दुवै घर जोखिममा रहेको स्थानीय बताए ।

लगातार वर्षा भइरहेकाले खोला तथा खहरेमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपिल गरिएको छ । निरन्तरको वर्षाले पानीको सतह बढ्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो ।

नवलपरासी पूर्व र पश्चिमका क्षेत्रमा निरन्तर बर्षा भइरहेको र यो क्रम शनिबारसम्म रहन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका-१६ डण्डामा रहेको नेपाल बाढी सूचना केन्द्रले नवलपरासी पूर्वको डण्डा कावासोती, देवचुलीलगायतका ठाउँहरु तथा नवलपरासी पश्चिमको बर्दघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्क रहन अनुरोध गरेको छ ।

बर्दघाटमा रहेको बर्षा मापन केन्द्रले शुक्रबार दिउँसो १ सय ९ मिलिमिटर नाघेको जनाएको छ ।

लगातारको वर्षाले नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा पुगेको पनि जल मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ५५ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज