मन्त्रिपरिषद बैठक बस्दै, बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिने « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मन्त्रिपरिषद बैठक आज बस्दैछ । बिहान ११ बजे डाकिएको बैठकमा बजेट अध्यादेश सिफारिस गर्ने तयारी भएको छ ।

बजेटका लागि आवश्यक सबै तयारी पूरा भएकाले त्यसलाई आधिकारिता दिन मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबाट बजेट भाषण गर्ने तयारी छ ।

विपक्षी दल र विज्ञहरुको दबाबका बीच सरकारले आजै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो ।

प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरेका थिए ।

अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।

छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् ।

अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु