हत्या आरोपमा ४ किशोर पक्राउ « Khabarhub

हत्या आरोपमा ४ किशोर पक्राउ


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको धनगढीमा मा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ४ जना किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिवेणी चोक बस्ने १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका ४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीका घोडाघोडी नगरपालिका १ बस्ने १८ वर्षीय युवराज शाही रहेका छन् ।

पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : २५ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि