गायक आशिषद्वारा स्वास्थ्य सामाग्री सहयोग « Khabarhub

गायक आशिषद्वारा स्वास्थ्य सामाग्री सहयोग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनमा रहेका गायक आशिष सचिनले झण्डै साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले आफूले नेपाल पठाएको सामाग्रीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ती सामान नेपाल पठाइएको उल्लेख गरेका छन् ।

आशिषले आफ्नो व्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको जनाएका छन् । स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत छन् ।

‘हाल मेरो केही समयको व्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महशुस गरेको छु । कोरोनालाई नजिकबाट महसुस गर्न नपाए पनि स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोशिस गरेको छु’, उनले लेखेका छन् ।

आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै नेपाल आउने तयारीमा छन् । ‘पिरिम नलाउने’, ‘गलबन्दी पछ्यौरी’, ‘उनका पानी बादलु’, ‘एक कान दुई कान मैदान’बोलका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४५ बजे

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई