कोभिड नियन्त्रणमा सरकारले छुट्यायो ३७ अर्ब ५३ करोड « Khabarhub

कोभिड नियन्त्रणमा सरकारले छुट्यायो ३७ अर्ब ५३ करोड


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड-१९ महामारी नियन्त्रण र उपचारमा प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिड १९ को रोकथाम र खोपका लागि बजेट अभाव नहुने पनि बताएका छन्।

सबै अस्पतालमा उपचारको व्यवस्था गरिने बताउँदै पौडेलले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको बताए।

पौडेलले १ सय शय्यामाथिका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट खोल्ने भएको छ। अक्सिजनका सामानमा पूरै भन्सार छुट गरिने उनले बताए। अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीको शुल्कमा ५० प्रतिशत छुट घोषणा उनले गरे।

पौडेलले भेन्टिलेटरसहितका उपकरण खरिद गर्न ४ अर्ब बजेट छुट्याएको बताए। उनले स्वास्थ्य सामाग्री खरिदमा भन्सार महसुस छुट दिने बताए। पौडेलले स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्तासहित सुविधा दिने बताए।

पौडेलले कोभिड नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट छुट्याएको जानकारी दिएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १६ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको