कोभिड नियन्त्रणमा सरकारले छुट्यायो ३७ अर्ब ५३ करोड « Khabarhub

कोभिड नियन्त्रणमा सरकारले छुट्यायो ३७ अर्ब ५३ करोड


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड-१९ महामारी नियन्त्रण र उपचारमा प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिड १९ को रोकथाम र खोपका लागि बजेट अभाव नहुने पनि बताएका छन्।

सबै अस्पतालमा उपचारको व्यवस्था गरिने बताउँदै पौडेलले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको बताए।

पौडेलले १ सय शय्यामाथिका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट खोल्ने भएको छ। अक्सिजनका सामानमा पूरै भन्सार छुट गरिने उनले बताए। अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीको शुल्कमा ५० प्रतिशत छुट घोषणा उनले गरे।

पौडेलले भेन्टिलेटरसहितका उपकरण खरिद गर्न ४ अर्ब बजेट छुट्याएको बताए। उनले स्वास्थ्य सामाग्री खरिदमा भन्सार महसुस छुट दिने बताए। पौडेलले स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्तासहित सुविधा दिने बताए।

पौडेलले कोभिड नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट छुट्याएको जानकारी दिएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १६ बजे

रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट ‘क्रान्तिको बिगुल’ फुक्ने घोषणा

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा