कोरोनाले स्थगित आईपीएलको बाँकी खेल युएईमा हुने « Khabarhub

कोरोनाले स्थगित आईपीएलको बाँकी खेल युएईमा हुने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएको छ ।

बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु युएईमा हुने जनाएको हो ।

कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, बीसीसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ ।

बीसीसीआईले मिति भने घोषणा गरेको छैन । यद्यपि, बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको छ ।

प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ३९ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी