दश वर्षभित्र पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय सवारीले विस्थापन गरिने « Khabarhub

दश वर्षभित्र पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय सवारीले विस्थापन गरिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अबको दश वर्षभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ५९ बजे

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी