विभिन्न स्थानमा सुरुङमार्ग बनाउन बजेट विनियोजन « Khabarhub

विभिन्न स्थानमा सुरुङमार्ग बनाउन बजेट विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री नागढुंगा शुरु भएपछि देश सुरुङमार्गमा प्रवेश गरेको दाबी गरे ।

यातायात मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड विनियोजन गरेको सरकारले सुरुङ मार्गलाई बजेटमा महत्वका साथ समावेश गरिएको बताए ।

बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ । त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान–लेउती खण्डको काम शुरु हुनेछ ।

काठमाडौंको तिनकुने–जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ । त्यस्तै टोखा छहरे, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर, दुम्किबास–बर्दघाट र पाल्पाको प्रभास–जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै आगामी वर्ष जयनगर कुर्ता रेलमार्ग शुरु गर्ने, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्ने, रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं रेल यातायातको अध्ययन शुरु गर्ने लगाएतका कामका लागि १० अर्ब ३ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ०१ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा