दिवाखाजा सञ्चालन गर्न ८ अर्ब ७३ करोड रुपैयाँ विनियोजन « Khabarhub

दिवाखाजा सञ्चालन गर्न ८ अर्ब ७३ करोड रुपैयाँ विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका ७७ जिल्लाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न सरकारले आगमी वर्षका लागि ८ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेले आगमी वर्षका बजेट सार्वजनिक गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोषणस्तर सुधार ल्याउन र विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न सो रकम विनियोजन गरेको बताए ।

उनले भने, ‘सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका अध्ययन गर्ने सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्न रु ८ अर्ब ७३ करोड विनियोजन गरेको छु ।’

यसबाट देशभरका ३५ लाख विद्यार्थी लाभाम्वित हुने सरकारले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ०८ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा