दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन् गरिने « Khabarhub

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन् गरिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजित समेत गरेको बताएका हुन् ।

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको छ ।

चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाबिस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा जनाइएको थियो । उक्त टोलीले पहिलो चरण संभाव्यता अध्ययन र दोस्रो चरण ड्रिल मेसिनमार्फत अन्वेषण कार्य गरिसकेको छ ।

दैलेखको पेट्रोललाई उत्खनन्का सरकारले प्राथमिकता राखेकोमा सरकारलाई धन्यवाद प्रकट गरेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिए ।

अब सरकारले उच्च प्राथमिकता राखी पेट्रोलियम पदार्थको उत्खनन गरिने हुँदा दैलेखमा आर्थिक विकासका गतिविधि हुने र जनताको आर्थिक उन्नति र जिल्लाकै भविश्य उज्ज्वल हुने आशा बढेको उनले बताए ।

निरन्तर बलिरहेको ज्वाला अब पेट्रोलियम पदार्थका रुपमा भण्डारमा परिणत हुने र नेपालको मानचित्रमा दैलेख नयाँ रुपमा उल्लेख हुने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : २० बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको