चीनबाट ल्याइयो स्वास्थ्य उपकरणसहितका सामग्री « Khabarhub

चीनबाट ल्याइयो स्वास्थ्य उपकरणसहितका सामग्री


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन , पाँचसय सेट पीपीई, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिए । उनले भने “अहिलेको अवस्था निकै जटिल छ , मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका हौँ । ”

परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिए । ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४५ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको