वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ ।

वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीको नेतृत्वमा सफाइ गरिएको हो । निषेधाज्ञा र कोरोनाबाट निधन भएकाको शवदाह जारी रहेकाले पशुपतिक्षेत्रको आर्यघाटमा धेरै फोहोर देखिएको छ ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । दुवै स्थानमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । यसैगरी उपत्यकाका अन्य स्थानमा पनि नदी किनार नजीक निवास भएका अभियानकर्मीले स्थलगत रुपमै र अन्य घरअघिको टोल क्षेत्रमा सफाइ गरेको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर परिसरबाट शुरु गरिएको थियो । महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी, चक्रपथ गरी २० स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ अभियान शुरु भएको छ । उपत्यका बाहिर करीब १०७ स्थानमा सफाइ भइरहेको छ ।

सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ । चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि महाअभियान जारी छ । महाअभियानले कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने उद्देश्यले प्रत्येक दिन बिहान साढे ६ : ०० बजेदेखि साढे ७ : ०० बजेसम्म प्राणायाम, योगजस्ता अभ्याससमेत गराइरहेको छ । यसैगरी प्रत्येक हप्ता विज्ञ चिकित्सक एवं कोरोना भई सफलतापूर्वक उपचार सम्पन्न गरी जितेकासँग अन्तरक्रिया गरी जागरण फैल्याइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ११ : ०७ बजे

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च