बजेट सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण छ : अध्यक्ष गोल्छा « Khabarhub

बजेट सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण छ : अध्यक्ष गोल्छा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको बजेट सकारात्मक रहेको भए पनि कार्यान्वनय चुनौतीपुर्ण रहेको टिप्पणी गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने,‘सकारात्मक बजेट भन्छु । यसमा अलिकति डिप स्टडी गरेपछि मात्रै थप भन्न सक्छु । जुन कुरा सुनिएको छ, भित्र तपसिलमा धेरै कुरा हुन्छ । सबै हेरेपछि हाम्रो धारणा बनाउँछौं ।’

कोरोनाले प्रभावित क्षेत्रलाई उकास्नका लागि सरकारले अघि सारेका कतिपय कदम भने महत्वपूर्ण रहेको उनको भनाई छ ।

उनले भने,‘अति प्रभावित क्षेत्र, पर्यटन, मनोरञ्जनसँग जोडिएको क्षेत्रमा सहुलियत सकारात्मक रहेको छ । साना र मझौला उद्योगका स्थापनाका लागि सरकारले लागि स्थापना गरेको स्टार्टअप पूँजीको विषय राम्रो छ ।’

बजेट कार्यान्वनयन भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने,‘कार्यान्वनय पक्षमा जहिले पनि चुनौती नै रहन्छ । जति योजना बनाउँछौँ, त्यसको सानो आकारमा मात्रै खर्च हुने गरेको छ । कार्यान्वयन पक्षमा ठूलो परिवर्तन हुन्छ जस्तो लाग्दैछ । नीजि क्षेत्रको क्षमता विस्तार सँगै कर्मचारीको समेत क्षमता विस्तार पनि हुन जरुरी छ । बजेट राम्रो भए पनि कार्यान्वयन पक्ष अहिले पनि चुनौती रहेको छ । जुन अरु सरकारलाई चुनौती हुन्थे यो सरकारलाई पनि छ ।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : २३ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको