बजेट सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण छ : अध्यक्ष गोल्छा « Khabarhub

बजेट सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण छ : अध्यक्ष गोल्छा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको बजेट सकारात्मक रहेको भए पनि कार्यान्वनय चुनौतीपुर्ण रहेको टिप्पणी गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने,‘सकारात्मक बजेट भन्छु । यसमा अलिकति डिप स्टडी गरेपछि मात्रै थप भन्न सक्छु । जुन कुरा सुनिएको छ, भित्र तपसिलमा धेरै कुरा हुन्छ । सबै हेरेपछि हाम्रो धारणा बनाउँछौं ।’

कोरोनाले प्रभावित क्षेत्रलाई उकास्नका लागि सरकारले अघि सारेका कतिपय कदम भने महत्वपूर्ण रहेको उनको भनाई छ ।

उनले भने,‘अति प्रभावित क्षेत्र, पर्यटन, मनोरञ्जनसँग जोडिएको क्षेत्रमा सहुलियत सकारात्मक रहेको छ । साना र मझौला उद्योगका स्थापनाका लागि सरकारले लागि स्थापना गरेको स्टार्टअप पूँजीको विषय राम्रो छ ।’

बजेट कार्यान्वनयन भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने,‘कार्यान्वनय पक्षमा जहिले पनि चुनौती नै रहन्छ । जति योजना बनाउँछौँ, त्यसको सानो आकारमा मात्रै खर्च हुने गरेको छ । कार्यान्वयन पक्षमा ठूलो परिवर्तन हुन्छ जस्तो लाग्दैछ । नीजि क्षेत्रको क्षमता विस्तार सँगै कर्मचारीको समेत क्षमता विस्तार पनि हुन जरुरी छ । बजेट राम्रो भए पनि कार्यान्वयन पक्ष अहिले पनि चुनौती रहेको छ । जुन अरु सरकारलाई चुनौती हुन्थे यो सरकारलाई पनि छ ।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना