थाइ राजपरिवारले एक जहाज स्वास्थ्य सामग्री नेपाल पठाउँदै « Khabarhub

थाइ राजपरिवारले एक जहाज स्वास्थ्य सामग्री नेपाल पठाउँदै


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ । थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन लागेका हुन् ।

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाउन लागेका हुन् ।

थाइ राजपरिवारको स्वास्थ्य सहयोग आइतबार थाइ राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाडौँ आइपुग्ने भिक्षु सुगन्धले बताए । सहयोगका लागि नेपालका राष्ट्रपतिबाट थाइ नरेशलाई सहयोगका लागि पत्राचार गरिएको थियो । उक्त पत्र प्राप्त भएपछि थाइ नरेशले खुशीसाथ नेपाललाई सहयोग गर्नेगरी आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिए ।

थाइल्याण्डका राजपरिवारको अत्यन्तै निकट मानिने भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन लागेको हो । सानुराजाले भने, “थाइ राजपरिवारसँग भिक्षु सुगन्धले पहल गर्नुभयो, यता नेपालमा हामीले समन्वय गर्‍यौँ, हाम्रो अनुरोधलाई भिक्षु सुगन्धको पहलमा थाइ राजपरिवारले सहर्ष स्वीकार गरी सहयोग गर्ने भएको हो ।”

भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्वविश्वविद्यालय बैङ्कक, थाइल्याण्डका रेक्टरसमेत हुन् । उनले बैंककको कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फाँसीका लागि सजाय सुनाइएकालाई पनि बाँचुन्जेल केही गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौद्ध दृष्टिकोणमा बाँच्ने कला अभियान चलाउँदै आएका छन् ।

भिक्षु सुगन्ध महास्थवीर थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षुसमेत हुन् । थाइल्याण्डमा उनलाई डा अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय विहारबाट बोभर्नका उपप्रमुखसमेत छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ०१ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट