बाजुराको जुकोटमा २० घर पहिरोको उच्च जोखिममा « Khabarhub

बाजुराको जुकोटमा २० घर पहिरोको उच्च जोखिममा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ र जौ बगाएको हो ।

अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे खोलादेखि वाईसम्मको सिंचाइ कुलोको पानीको वहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ ।

पहिरोले पाकेको गहुँ बाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुगेको स्थानीयवासीले दुखेसो गरेका छन् ।

यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताए । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौलगायत बाली नष्ट भइसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ५४ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई