सातै प्रदेशमा छायांकनस्थल, काभ्रेमा फिल्म स्टुडियो « Khabarhub

सातै प्रदेशमा छायांकनस्थल, काभ्रेमा फिल्म स्टुडियो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सातै प्रदेशमा छायांकनस्थल निर्माण गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले छायांकनस्थल निर्माणको घोषणा गरेका हुन् ।

बजेटमा गणेश हिमाल क्षेत्रमा फिल्म छायांकनस्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको छ ।

त्यस्तै काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण गरिने बजेटमा घोषणा गरिएको छ । यसअघि सरकारले दोलखाको डाङडुङेडाँडामा फिल्म सिटी निर्माणको लागि बजेट छुट्याएपनि त्यसको उल्लेख्य प्रगति हुन सकेको छैन ।

बजेटमा उत्कृष्ट फिल्म निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।

यसैगरी सरकारले कोभिड–१९बाट प्रभावित अन्य क्षेत्रजस्तै फिल्म उद्योगको करयोग्य आयमा आयकर लाग्ने व्यवस्था गरी त्यसको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याएको छ ।

सरकारले फिल्म निर्माणमा प्रयोग हुने यन्त्र उपकरण र पाटपुर्जाको भन्सार महशुल छुट दिएको छ । त्यस्तै फिल्म उद्योगलाई अन्य उद्योगको जस्तै निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड छुट दिने निर्णय लिएको छ ।

यसैगरी कोभिड–१९ प्रभावित अन्य क्षेत्रजस्तै फिल्म उद्योगले आर्थिक वर्ष २०७८÷०७९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नविकरण हुने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ ।

यस्तै फिल्म उद्योगमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी