‘आशिकी ३’मा सुनीलपुत्र अहान « Khabarhub

‘आशिकी ३’मा सुनीलपुत्र अहान


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा अहान निर्माता साजिद नाडियाडवालाको फिल्म ‘तडप’बाट बलिउडमा डेब्यू गर्दैछन् । फिल्म हल खुल्नासाथ निर्माता साजिद फिल्मको रिलिज मिति घोषणा गर्ने तयारीमा छन् ।

यिनै अहान महेश भट्टको फिल्म ‘आशिकी ३’मा अभिनय गर्ने भएका छन् । भट्टको सुपरहिट ‘आशिकी’को फ्रेञ्चाइजी यो फिल्मको छायांकन आगामी वर्षदेखि सुरु हुँदैछ । एक्सनपूर्ण फिल्म ‘तडप’ पछि अहान आफूलाई इमोसनल रोमान्टिक फिल्ममा प्रमाणित गर्न चाहन्छन् ।

फिल्म ‘आशिकी ३’मार्फत अहानलाई आफ्नो भर्सटायल छविलाई प्रमाणित गर्ने सुनौलो अवसर आएको फिल्मकर्मीहरु बताउछन् । यसअघि अहान अक्षय कुमारसँग स्क्रिन शेयर गर्ने चर्चा चलिरहँदा कतैबाट पनि यो कुराको पुष्टि हुन सकेको थिएन ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : ४५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको