आमा बन्दै ‘स्लमडग मिलेनियर’ अभिनेत्री फ्रीडा « Khabarhub

आमा बन्दै ‘स्लमडग मिलेनियर’ अभिनेत्री फ्रीडा


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– ओस्कार अवार्ड विजेता हलिउड फिल्म ‘स्लमडग मिलेनियर’ अभिनेत्री फ्रीडा पिन्टो चाँडै आमा बन्दैछिन् । उनले पति कोरी ट्रानका साथ एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा जोडी निकै खुशी देखिन्छन् । तस्वीरमा फ्रीडाको ‘बेबी बम्प’ प्रष्ट देख्न सकिन्छ । कालो फ्लोरेन्स पहिरनमा उनी निकै सुन्दर देखिन्छिन् । ‘बेबी ट्रान आउनेवाला छन्’, तस्वीरमा उनले लेखेकी छन् ।

फ्रीडालाई सेलिब्रेटीहरुले बधाई दिइरेका छन् । सन् २००८ मा ब्रिटिस फिल्म ‘स्लमडग मिलेनियर’बाट लोकप्रिय बनेकी फ्रीडाले सन् २०१९ मा कोरी ट्रानसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

फ्रीडाको जन्म मुम्बईको कस्बे मेंग्लोरमा भएको थियो । उनको परिवार मेंग्लोरीयन क्याथोलिक मूलका हुन् । उनले आफ्नो आमाको भनाईलाई अनुसरण गर्दै मोडलिङमा पाइला चालेकी थिइन् । उनको डेब्यू फिल्म ‘स्लमडग मिलेनियर’ले आठ ओस्कार अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ३० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको