महाधिवेशन केन्द्रित छलफलमा कांग्रेस नेता, चाक्सीबारीमा निधि, कोइराला र सिंहको वार्ता « Khabarhub

महाधिवेशन केन्द्रित छलफलमा कांग्रेस नेता, चाक्सीबारीमा निधि, कोइराला र सिंहको वार्ता


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस नेताहरु छलफलमा जुटेका छन् ।

बेग्लाबेग्लै समूहमा नेताहरु आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।

सभापतिका आकांक्षी तीन नेताबीच पटकपटक छलफल भइरहेको छ। आजको छलफल महाधिवेशन केन्द्रित भएको सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए ।

यसअघि निधि र सिंह कोइराला निवास महाराजगञ्ज र त्यसभन्दा पहिले कोइराला र सिंह निधि निवास बानेश्वरमा छलफल गरेका थिए।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा तय भएको छ। महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरू दौडदूपमा छन्।

निधि, कोइराला र सिंहबीच महाधिवेशनसम्मै सहकार्य गर्ने विषयमा सहमति छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १ : ०३ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल