महाधिवेशन केन्द्रित छलफलमा कांग्रेस नेता, चाक्सीबारीमा निधि, कोइराला र सिंहको वार्ता « Khabarhub

महाधिवेशन केन्द्रित छलफलमा कांग्रेस नेता, चाक्सीबारीमा निधि, कोइराला र सिंहको वार्ता


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस नेताहरु छलफलमा जुटेका छन् ।

बेग्लाबेग्लै समूहमा नेताहरु आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।

सभापतिका आकांक्षी तीन नेताबीच पटकपटक छलफल भइरहेको छ। आजको छलफल महाधिवेशन केन्द्रित भएको सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए ।

यसअघि निधि र सिंह कोइराला निवास महाराजगञ्ज र त्यसभन्दा पहिले कोइराला र सिंह निधि निवास बानेश्वरमा छलफल गरेका थिए।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा तय भएको छ। महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरू दौडदूपमा छन्।

निधि, कोइराला र सिंहबीच महाधिवेशनसम्मै सहकार्य गर्ने विषयमा सहमति छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै