‍कञ्चनपुरमा सार्वजनिक यातायात आजदेखि सञ्चालन « Khabarhub

‍कञ्चनपुरमा सार्वजनिक यातायात आजदेखि सञ्चालन


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र आजदेखि सार्वजनिक सवारी साधन सञ्चालन आएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइएको छ । स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी सधानको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको छ । यस अघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।

औषधि, दुधसहित अत्यावश्यक सेवाका पसल भने निषेधाज्ञामा पनि खोल्न दिइएको छ ।

विवाह ब्रतवन्ध तथा सामूहिक धार्मिक कार्यक्रममा १० जना बाहेक त्यसभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । शैक्षिक गतिविधि भौतिक उपस्थितीमा गर्न नपाइने नियम लागू गरिएको छ । तोकिएका सीमा नाका गड्डाचौकी र गौरीफण्टाबाट मात्रै भारतबाट आउने जानेलाई स्वास्थ्यका मापदण्ड अपनाई प्रवेश दिइने भएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  २ : ४० बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या