माणिक रत्नलाई संगीतकार संघको सम्मान « Khabarhub

माणिक रत्नलाई संगीतकार संघको सम्मान


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार संघ नेपालले यस वर्षको ‘अजर अमर सम्मान २०७८’बाट संगीतकार तथा गायक माणिकरत्न स्थापितलाई सम्मानित गरेको छ । नेपाली सुगम तथा पाश्र्व संगीतका गायक तथा संगीतकार माणिकलाई संगीतकार संघ नेपालले एक लाख १ हजार १ सय ११ रुपैंयाँसहित सम्मान गरेको हो ।

उनलाई संस्थापक अध्यक्ष तथा संरक्षक शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुरको खुमलटारस्थित निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका थिए ।

प्रथम उपाध्यक्ष हरि लम्सालले कोभिड महामारीको समयमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै माणिकलाई सम्मान गरिएको बताए । वि.सं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिएका माणिकले २००७ सालमा बालगीतमा स्वर प्रदान गरेर औपचारिक रुपमा गायन क्षेत्रमा पाइला चालेका थिए ।

उनले गाएका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राती’, फिल्म ‘कुमारी’को ‘सुनौलो घाम झुल्केन’लगायतका गीतहरु लोकप्रिय छन् । २०१३ सालमा माणिक र गायक प्रेमध्वज प्रधान मिलेर सुरु गरिएको ‘प्रेम माणिक’नामले कैयौं कालजयी संगीत सिर्जना गरिसकेको छ ।

गायक प्रेमध्वजले गाएको गीत ‘गोरेटो त्यो गाउँको’मा प्रेम–माणिककै संगीत छ । कोरोना संक्रमणसँगै अन्य रोगको उपचार पछि माणिक घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।

लम्सालले कोभिड महामारी हटेर स्थिति सम्पूर्ण रुपले सामान्य भइसके पछि विशेष सभा या कार्यक्रम मार्फत सम्मानलाई औपचारिकता दिइने जनाए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : ४५ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा