गाइजात्रालाई शिवशंकरको ‘बकम्फुसाय नमः’ « Khabarhub

गाइजात्रालाई शिवशंकरको ‘बकम्फुसाय नमः’


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाइजात्रालाई हास्य र व्यंग्यको पर्वको रुपमा लिने गरिन्छ । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘बकम्फुसाय नमः’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘बकम्फुसाय नमः’ ल्याएका हुन् । रिजालको यो पटकको गाइजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसनसमेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘बकम्फुसाय नमः’ २० औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।

हास्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए ।

‘गत बर्ष मेरो ‘लकडाउन’ नामक गाइजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटक लगायत सामाजिक सञ्जालमा समेत भाइरल भयो’ रिजालले भने ‘म हरेक बर्ष आफ्नो पर्सनल गाइजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाइजात्रे कोसेली पनि आउँने गरेकोर यो बर्ष पनि आउने रिजालले सुनाए । रिजालले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।

गाइजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलावा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, वेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंहलगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् ।

प्यारोडी गीतमा रिजाल तथा शंकर कार्कीको शब्द र स्वर शशीविक्रम थापा तथा राधिका हमालले दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १२ : ०५ बजे

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि