ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी « Khabarhub

ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जापानलाई ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक प्रतिक्रिया दिने र “पूर्णरुपमा युद्ध” हुने चेतावनी दिएको छ । चीनले ताइवानको मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी दिएको हो ।

फक्स न्यूजका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बाट अनुमोदित चिनियाँ च्यानलमा देखाएको भिडियोले जापानलाई गैरआणविक शक्तिविरूद्ध आणविक हतियार प्रयोग नगर्ने नीतिलाई अपवादको रूपमा देखाएको छ ।

“हामी पहिले आणविक बम प्रयोग गर्नेछौँ र निरन्तर आणविक बम प्रयोग गरिरहने छौँ,” भिडियोमा भनिएको छ, “जापानले दोस्रो पटक बिना शर्त आत्मसमर्पणको घोषणा नगरेसम्म हामी यसलाई गर्नेछौँ।”

यो भिडियो चिनियाँ प्लेटफर्म सिगुआबाट २० लाखभन्दा बढीले हेरेका छन् । तर, उक्त भिडियो केही समयमा नै हटाइएको छ । यसको कपि गरेर युट्युब र ट्विटरमा भने अपलोड गरिएको ताइवान समाचारले जनाएको छ ।

जापानका अधिकारीहरूले ताइवानको सार्वभौमिकता सम्बन्धी दुई हप्ता अघि गरेका टिप्पणीपछि यस्तो धम्की आएको हो र उपप्रधानमन्त्री तारो असोले जापानलाई “ताइवानको पक्षमा जोगाउनै पर्छ” जापान टाइम्सले जनाएको छ ।

मुख्य भूमि चीनको दक्षिणपूर्वी तटमा अवस्थित करिब २० करोड जनताको प्रजातान्त्रि मुलुक ताइनमा बेइजिङले पूर्ण सार्वभौमिकता दावी गरेको छ । यद्यपि दुबै पक्षले सात दशकभन्दा बढी समयदेखि अलग शासन गरिरहेका छन् ।

अर्कोतर्फ ताइपेले अमेरिकालगायत प्रजातन्त्रसँग रणनीतिक सम्बन्ध बढाएर चिनियाँ आक्रामकताको सामना गर्ने प्रयास गरिरहेको छ । चीनले धम्की दिएको छ कि “ताइवानको स्वतन्त्रता” भनेको युद्ध हो ।

गत वर्षको सेप्टेम्बरको मध्यदेखि बेइजिङले ताइवानको एडीआईजेडमा नियमित रूपमा विमान पठाएर आफ्नो ग्रे-जोन रणनीतिहरू अगाडि बढाइरहेको छ । प्राय: जसो घटनाहरू उत्तरको दक्षिणपश्चिम कुनामा हुन्छ र प्रायः एकदेखि तीन वटा टर्बोप्रप विमानहरू उडान भर्ने गर्छन् । स्रोत : याहुन्यूज

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : ५१ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग