ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी « Khabarhub

ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जापानलाई ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक प्रतिक्रिया दिने र “पूर्णरुपमा युद्ध” हुने चेतावनी दिएको छ । चीनले ताइवानको मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी दिएको हो ।

फक्स न्यूजका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बाट अनुमोदित चिनियाँ च्यानलमा देखाएको भिडियोले जापानलाई गैरआणविक शक्तिविरूद्ध आणविक हतियार प्रयोग नगर्ने नीतिलाई अपवादको रूपमा देखाएको छ ।

“हामी पहिले आणविक बम प्रयोग गर्नेछौँ र निरन्तर आणविक बम प्रयोग गरिरहने छौँ,” भिडियोमा भनिएको छ, “जापानले दोस्रो पटक बिना शर्त आत्मसमर्पणको घोषणा नगरेसम्म हामी यसलाई गर्नेछौँ।”

यो भिडियो चिनियाँ प्लेटफर्म सिगुआबाट २० लाखभन्दा बढीले हेरेका छन् । तर, उक्त भिडियो केही समयमा नै हटाइएको छ । यसको कपि गरेर युट्युब र ट्विटरमा भने अपलोड गरिएको ताइवान समाचारले जनाएको छ ।

जापानका अधिकारीहरूले ताइवानको सार्वभौमिकता सम्बन्धी दुई हप्ता अघि गरेका टिप्पणीपछि यस्तो धम्की आएको हो र उपप्रधानमन्त्री तारो असोले जापानलाई “ताइवानको पक्षमा जोगाउनै पर्छ” जापान टाइम्सले जनाएको छ ।

मुख्य भूमि चीनको दक्षिणपूर्वी तटमा अवस्थित करिब २० करोड जनताको प्रजातान्त्रि मुलुक ताइनमा बेइजिङले पूर्ण सार्वभौमिकता दावी गरेको छ । यद्यपि दुबै पक्षले सात दशकभन्दा बढी समयदेखि अलग शासन गरिरहेका छन् ।

अर्कोतर्फ ताइपेले अमेरिकालगायत प्रजातन्त्रसँग रणनीतिक सम्बन्ध बढाएर चिनियाँ आक्रामकताको सामना गर्ने प्रयास गरिरहेको छ । चीनले धम्की दिएको छ कि “ताइवानको स्वतन्त्रता” भनेको युद्ध हो ।

गत वर्षको सेप्टेम्बरको मध्यदेखि बेइजिङले ताइवानको एडीआईजेडमा नियमित रूपमा विमान पठाएर आफ्नो ग्रे-जोन रणनीतिहरू अगाडि बढाइरहेको छ । प्राय: जसो घटनाहरू उत्तरको दक्षिणपश्चिम कुनामा हुन्छ र प्रायः एकदेखि तीन वटा टर्बोप्रप विमानहरू उडान भर्ने गर्छन् । स्रोत : याहुन्यूज

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : ५१ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु