सिप्रदी र शिखर ईन्स्योरेन्सबीच अटो प्लस सम्झौता « Khabarhub

सिप्रदी र शिखर ईन्स्योरेन्सबीच अटो प्लस सम्झौता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र शिखर ईन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ।

शिखर ईन्स्योरेन्स प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौतामा अनुसार टाटा मोटर्सद्धारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुने विज्ञप्तिमा लेखिएको छ।

अटो प्लस स्किममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागु हुने कम्पनीले बताएको छ। साथै यो स्किम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ।

जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार पाँच सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका सुविधाहरु छन्।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङको आफूलाई पायक पर्ने नेपालभरका आधिकारिक सर्भिस सेन्टरमा गाडी मर्मत तथा बिमा दावी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  २ : ५६ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु